Tuesday, October 7, 2008

इश्वर बल्लभ

नाम - इश्वर बल्लभ भट्टराई
जन्म - वि. सं. १९९४ , असार २९ गते, काठमाण्डौ
सेवा - ने.प्र.प्र. / भ्रमण - नेपाल, भारत, चीन, हङकङ
बिधा - कविता / निबन्ध / कथा,अन्य

संलग्नता -
तेस्रो आयामका प्रवर्तक
ने. रा. प्र. प्र. का सदस्य,
बर्सेनीका संस्थापक
नेपाल गीतकार संघका अध्यक्ष,
नेपाली साहित्य परिषद् ने.सा. सम्मेलन
ने. सा. संसदका सदस्य

मौलिक कृति -
१) नीलो माटो - कथा संग्रह वि. सं. २०४१
२) केही भूमिकाहरु - निबन्ध संग्रह - वि. सं. २०३१
३) आगोका फूलहरु हुन्, आगोका फूलहरु होइनन् - कविता संग्रह - वि. सं. २०२९
४) समानान्तर - कविता संग्रह - वि. सं. २०३८
५) कस्मै देवाय - कविता संग्रह वि. सं. २०४२
६) एउटा शहरको किनारा - कविता संग्रह - वि. सं. २०३१
७)सोचको मायामठ - निबन्ध संग्रह

सम्पादित, अनूदित र फुटकर कृति -
१) फूल पात पतकर - सम्पादन
२) टुकी - पाक्षिक - सम्पादन
३) नेपाली चलचित्र निर्माण -सम्पादन
४) कविता - त्रैमासिक - सम्पादन
५) बर्सेनी - वाषिर्क - सम्पादन -संयुक्त
६) विभिन्न पत्र - पत्रिकाहरुमा कथा, कविता, गीत, नाटक, लेख, निबन्ध र अखबारी लेखन,
साथै गीत, नाटक प्रसारित - रेडियो नेपाल, टेलिभिजनबाट

पुरस्कार, मान - सम्मान, पदक
१) आगोका फूलहरु हुन् आगोका फूलहरु होइनन् कृतिका लागि वि. सं. २०२९ सालको मदन पुरस्कार प्राप्त
२) समान्तर कृतिका लागि वि. सं. २०३८ सालको साझा पुरस्कार प्राप्त
३) वि. सं. २०४५ को हरिहर शास्त्री, सावित्री देवी पुरस्कार प्राप्त
४)प्रेस कायन्सिल साहित्यिक पत्रकारिता पुरस्कार
५)हरिहर शास्त्री सावित्रीदेवी पुरस्कार
ठेगाना - निवास - कुरियागाउँ, थापाथली, काठमाण्डौ, २२२४१९
कार्यालय - ने.प्र.प्र. कमलादी, काठमाण्डौ, २२०४२४

0 comments: