Wednesday, June 4, 2008

मोहन कोइराला

नाम - मोहनप्रसाद उपाध्याय
जन्मः वि.सं. १९८३, मंसीर ११ गते, ठटुनिटी -डिल्लीबजार,काठमाण्डौ
सेवा - ने.प्र.प्र. / शिक्षा - एस.एल.सी.
भ्रमण - नेपाल, भारत, चीन, बर्मा, हङकङ
विधाः कविता/लेख, अन्यः

संलग्नता
नेपाल साहित्यकार संसदका उपाध्यक्ष / सडक कविता क्रान्तिका सहभागी,
अमलेखसँग सम्बद्ध / ने.प्र.प्र.उपकुलपति
पहिलो रचना - प्रगतीमा कविता प्रकाशित

मौलिक कृतिः -
(१) सारङ्गी बोकेको समुद्र वि.सं. २०३२ (२) नीलो मह खण्डकाव्य वि. सं. २०४१
(३) हिमचुली रक्तिम छ वि. सं. २०३५ (४) ऋतु निमन्त्रणा र गरलपान वि.सं. २०४०
(५) मोहन कोइरालाका कविता कविता संग्रह वि.सं. २०३० (६) नदी किनारका माझी वि.सं. २०३८ (७) एउटा पपलरको पात कविता कविता संग्रह वि. सं. २०४७ (८) कविता बारे केही समीक्षा वि. सं. २०३५(९) लेक काव्य वि.सं. २०२५

सम्पादित, अनूदित र फुटकर कृतिः -
१) फणीन्द्र नेपालका कविता सम्पादन -२) कविता त्रैमासिक प्रधान सम्पादन
३) प्रतीक सम्पादन -४) विभिन्न पत्र-पत्रिकाहरुमा कविता, कथा, लेख, निबन्ध आदि प्रकाशित

पुरस्कार, मान,सम्मान, पदक
१) वि.सं. २०३० मा "मोहन कोइरालाका कविता" का लागि र २०४० मा " ऋतु निमन्त्रणा ..." का लागि " साझा पुरस्कार" प्राप्त
२) वि. सं. २०३८ को "मदन पुरस्कार" प्राप्त "नदी किनारका माझी " का लागि ४) रत्नश्री स्वर्ण पदक प्राप्त

ठेगाना - निवास - ख १/१५९ घट्टेकुलो, डिल्लीबजार, काठमाण्डौ, फोन - ४१२१०४
कार्यालय - ने.प्र.प्र., कमलादी, काठमाडौं, फोन २२४२६८

0 comments: