Thursday, January 31, 2008

शरतचन्द्र शर्मा भट्टराई

जन्मः वि.सं. १९८७, कार्तिक ८ गते, गैर्हीधारा, काठमाण्डौ
सेवा - प्राध्यापन शिक्षा - एम्. ए. -नेपाली
भ्रमण - नेपाल, भारत, श्रीलङ्का
विधा - समालोचना / निबन्ध अन्यः
पहिलो रचना - वि. सं. २००६ मा "आँखा" पत्रिकामा "आदर्श बालक" शिर्षकको लेख प्रकाशित
मौलिक कृतिः -
१) बसाइँ परिचय - समालोचना -२) नाटक - एकाङ्की विचरण - समालोचना
३) नेपाली साहित्यको इतिहास - समालोचना -४) प्राचीन गद्याख्यान - समालोचना
५) नेपाली वाङमय केही खोजी केही व्याख्या - समालोचना - २०४४
६) रसिकको लगन - एक अध्ययन - समालोचना -७) बाह्र फुल एक गुच्छा - सह - लेखन - समालोचना
सम्पादन,अनूदित र फुटकर कृतिः -
१) झपड निबन्ध - झपटबहादुर राणाको निबन्ध संग्रह - सम्पादन
२) विभिन्न पत्र - पत्रिकाहरुमा लेख, निबन्ध, समालोचना आदि प्रकाशित
पुरस्कार, मान - सम्मान, पदक
१) वि. सं. २००६ मा अन्तर हाईस्कुल र वि. सं. २००९ मा अन्तर कलेज निबन्ध प्रतियोगितामा प्रथम
२) वि. सं. २०४२ मा "झपट पुरस्कार" प्राप्त
ठेगाना - निवास - ५ / २७ सिफल, धोबिखोला, काठमाण्डौ
कार्यालय - सरस्वती बहुमुखी क्याम्पस, लेखनाथ मार्ग, काठमाण्डौ फोन ४१२२७२, ४११९७१

0 comments: